| आइतवार, कार्तिक २२, २०८३

कोरोनाबाट बच्ने उपाय सिकाउँदै गोरखाका शिक्षकहरु

गोरखाका गाउँपालिकाहरुले धमाधम टोलटोलमा शिक्षक खटाएर कोरोना महामारीको बारेमा सचेतना अभियान सञ्चालन गरेका छन् ।

घरका बालबालिका सचेत भएमा अभिभावकलाई पनि सचेत गराउन सक्ने मनाशयले गाउँपालिकाहरुले सामुदायिक विद्यँलयका सबै टोलमा शिक्षक खटाएर विद्यार्थीलाई महामारीबाट सचेत गराएका हुन् ।

‘बालबालिकाहरु सचेत भए भने उनीहरुले बुबा आमा, दाइदिदीहरुलाई पनि सचेत गराउँछन् त्यसैले संघ सरकारको निर्णय अनुसार हामीले शिक्षक परिचालन गरेका छौं’, बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले भने, ‘हाम्रा शिक्षक साथीहरु अहिले दिनहूँ टोलटोलमा पुगेर बालबालिका भेला गराएर कोरोनाका बारेमा पढाउन सुरु गर्नुभएको छ ।’ तर प्रत्येक जमघटम १५ जनाभन्दा धेरै नराखेको, सामाजिक दुरी कायम गरेको, मास्क अनिबार्य गराएको उनले बताए ।

आरुघाट गाउँपालिकाले पनि शिक्षक परिचालन गरी कोरोना महामारीबाट बच्ने तरिका आदिका बारेमा सचेतना कार्यक्रम गर्ने तयारी गरेको छ । टोल, टोलमा शिक्षक खटाएर वालवालिकामार्फत समुदायमा कोरोना महामारीबाट बच्ने तरिकाका बारेमा सचेत गराउने, महामारीबाट बच्न अपनाउनु पर्ने सम्पूर्ण विधिहरुका बारेमा सिकाउने तयारी गरिएको शिक्षा शाखाले जनाएको छ ।

अजीरकोट गाउँपालिकाले पनि सो अभियान चलाउने तयारी गरेको गाउँपालिकाका प्रमुख फणिन्द्र धितालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्