
गण्डकी प्रदेशसभाका सदस्य रेग्मीलाई कोरोना
गण्डकी प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रदेशसभाअन्तर्गत विधायन समितिका सभापति पनि हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रेग्मीलाई बिहीबार बिहान कोरोना पुष्टि भएको हो । रेग्मी अहिले आफ्नै कोठामा छन् । उनमा कोरोनाको लक्षण भने नदेखिएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए ।
‘रेग्मीमा कुनै लक्षण देखिएको छैन’ शर्माले भने, ‘होम आइसोलेसनमा राख्ने कि अस्पताल लैजाने भन्ने विषयमा कुराकानी भइरहेको छ । रेग्मीको चाहना र अवस्थामा भर पर्छ ।’




