
गोरखामा अझै पाँच सय ५६ को पिसिआर रिपोर्ट आउन बाँकी
स्वास्थ्य कार्यालय गोरखाका अनुसार जिल्ला भित्रका पाँच सय ५६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको छ ।
अहिले सम्म पाँच हजार १६ जनाको पिसिआर परिक्षणका लागी स्वावको नमूना संकलन गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
अहिले सम्म चार हजार चार सय ६० जनाको रिपोर्ट आइसकेको छ । रिपोर्ट आएका मध्ये एक सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्ला भित्र र बाहिर गरी गोरखाका तीन जनाको ज्यान गएको छ भने अन्य जिल्लामा गरिएको परीक्षणमा गोरखाका ११ जना संक्रमित भेटिएका स्वास्थ्य कार्यालयले जनाएको छ ।




