
धार्चेमा जनप्रतिनिधि सहित २६ जनाको स्वाब लिईयो
धार्चे गाउँपालिकामा जनप्रतिनिधि कर्मचारी, होटल ब्यवशायी र अन्यको गरी २६ जनाको पिसिआर जाँचकालागि स्वाब लिइएको छ ।
माछाखोलामा बुधवार कोरोना परीक्षणका लागि स्वाब लिइएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए ।
धार्चे र चुमनुब्री गाउँपालिकामा अहिले सम्म कोरोना संक्रमित भेटिएका छैनन् ।




