
आँबुखैरेनीबाट मर्स्याङ्दीमा खसेको गाडीको दिनभर पहिचान हुन सकेन
आज बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐनापहरा नजिकैबाट मर्स्याङ्दीमा खसेको गाडीको पहिचालन हुन सकेको छैन । दिनभर लगाएर गोताखोरको टोलीले खोजी गर्दा गाडी खसेको तर कुन गाडी, कति जना सवारी थिए भन्ने यकिन नभएको आँबुखैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक बिकास थापाले बताए ।
अहिले प्रहरीले आँबुखैरेनी तर्फ आएका र आँबुखैरेनीबाट बाहिरिएका ट्रकको सिसिक्यामेराबाट अभिलेख हेर्न थालेको छ । पानीको बाहव बढेकाले नदीमा खसेको सवारी साधन र दुर्घटनामा परेकाबारे पहिचान नभएको हो । मुग्लिन आँबुखैरेनी सडक खण्डमा यात्रा गर्ने क्रममा अन्य यात्रुले दुर्घटना भएको अनुमानमा प्रहरीले खबर गरेका थिए ।




