| आइतवार, कार्तिक २२, २०८३

आँबुखैरेनी ऐना पहराबाट मर्स्याङ्दीमा गाडी खस्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरा नजिकैबाट गाडी मर्स्याङ्दी नदीमा खसेको छ ।

कुन गाडी, खस्यो, कति जना सवार थिए भन्ने बारे यकिन भने भएको छैन । गाडी पानीमा पुरै डुबेको दुर्घटनास्थलमा रहेको बादल थकालीले बताए ।

अहिले गोताखोरको टोली उद्धारको तयारीमा रहेको छ । गाडी पोखरा तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्