| आइतवार, कार्तिक २२, २०८३

गोनपा ६ र १० मा ७१ जनाको स्वाब लिईयो

कोरोना संक्रमण पुष्टि भएपछि गोरखा नगरपालिका वडा नम्बर ६ र १० मा गरी आज ७१ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ ।
गोरखा नगरपालिका ६ मा ९ जना महिला र १६ जना पुरुषको स्वाब लिइएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

गोरखा नगरपालिका १०मा पनि एक पुरुषलाई संक्रमण देखिएपछि आज १७ जना महिला र २९ जना पुरुषको स्वाब लिइएको छ । पछिल्लो समय संक्रमितको संख्या बढेसँगै स्वाब परीक्षण पनि बढाइएको गोरखा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्