
गोरखा नगरपालिका ६ का एक पुरुषमा कोरोना संक्रमण
गोरखा नगरपालिका ६ का पाटेचौर आसपासका अन्दाजी ३० वर्षिय एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ ११ गते उनको स्वाब टेकु प्रयोगशालामा जाँचका लागि पठाइएको र रिपोर्ट आज पोजेटिभ आएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
लमजुङमा जागिरे ति पुरुषले आफ्नो साथीलाई कोरोना संक्रमण भएपछि गोरखा अस्पतालमा स्वाब दिएका थिए । उनी अहिले गोरखामै छन् ।




