
आज र भोली गण्डकी प्रदेशमा भारी वर्षा हुने
ल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ ।सोमवार र मंगलवार राति गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।
बुधबार राति भने गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने संभावना छ । विभागका अनुसार भारतको मध्य प्रदेश र आसपास क्षेत्रमा रहेको न्युन चापीय प्रणाली विस्तारी पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै जाने देखिन्छ ।




