
गोरखा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित बढेको बढ्यै, फेरी २ थपिए
गोरखा नगरपालिका वडा नम्बर १३ मझुवाका दुई जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ३२ र ३६ वर्षका महिलाको रिपोर्ट पोजेटिभ आएको नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले बताए ।
आज मात्रै उक्त वडामा तीन जना संक्रमित थपिएसँगै संख्या १५ पुगेको छ । केही दिन अघि कोरोनाका कारण चितवनमा मृत्यू भएका पुरुषको कन्ट्याक्ट ट्रेसिङका क्रममा संक्रमित थपिएका हुन् ।
समुदायमा कोरोना फैलिएको आशंकामा कन्ट्याक्ट ट्रेसिङ बढाइएको नगरपालिकाले जनाएको छ । अझै रिपोर्ट आउन बाँकी रहेकाले संक्रमित बढ्ने खतरा देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।




