| आइतवार, कार्तिक २२, २०८३

गोनपा १३ को एउटै वडामा १३ जनालाई कोरोना, आजपनि १ जना थपिए

गोरखा नगरपालिका वडा नम्बर १३ मझुवामा मा आज फेरी एक जना संक्रमित थपिएका छन् । ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालमा बिरामीको कुरुवा बसेका उनी अहिले मनकामना बहिरा विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए ।
यो सँगै हिजो संक्रमण पुष्टि भएका ३ महिला सहित १० जना र भदौ १३ गते सोही वडाका दुई जना महिलालाई कोरोना पुष्टि भएको थियो ।

‘अहिले सम्म १३ जनालाई संक्रमण भएको छ’ वडा अध्यक्ष हरि खनालले भने ‘भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यू भएका पुरुषको परिवार र आफन्तमा धेरै संक्रमण देखिएको छ ।’

कोरोनाका कारण मृत्यू भएका पुरुषको परिवार सँग नजिक भएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिएको र सबै रिपोर्ट अझै आईनसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्