
निषेधाज्ञा खुल्यो भनेर हेलचेक्राई नगर्नुहोस, जटिल अवस्था आउन सक्छ : मेयर पन्त
गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले आजदेखि गोरखामा निषेधाज्ञा खुलेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्ने सबालमा हेलचेक्राई नगर्न अनुरोध गरेका छन् ।
नगरक्षेत्रका बजार, पसल, बित्तिय संस्था सबैलाई उनले कोभिड १९ को संक्रमण नियन्त्रणका प्रयास सहित सेवा दिन सुझाब दिएका हुन् ।
‘जिल्ला भित्र निषेधाज्ञा हटाउने निर्णय भएपनि नगरभित्र संक्रमित बढेकाले अवस्था हेरेर ‘सिल’ गर्न सकिन्छ’ उनले भने ‘खुल्यो भनेर हेलचेक्राई गर्ने होईन, सुरक्षाका मापदण्ड सबैले पुरा गर्नुपर्छ ।’
अत्यावश्यक सेवा लिने, दिने दुबै पक्षलाई मास्क, सेनिटाईजर, सामाजिक दुरी पालना गर्न नगरप्रमुख पन्तले अनुरोध गरे ।
‘अहिले पाँच वटा वडा सिल गरिएको छ, भोली नगरपालिका पुरै सिल गर्नुपर्ने अवस्था आउन सक्छ’ उनले भने ।
सँधै बन्द गर्दा सर्वसाधारण नागरिकको दैनिकिमा जटिल अवस्था आउन सक्ने भएकाले आजदेखि केही खुकुलो बनाउने निर्णय भएकाले यसको दुरुपयोग नगर्न आग्रह गरेका हुन् ।
नगरपालिकाले पिसिआर परीक्षण बढाएको अझै रिपोर्ट आउन धेरै बाँकी रहेकाले सुरक्षित भएर घरैमा बस्न उनको सुझाब छ ।




