| आइतवार, कार्तिक २२, २०८३

मझुवा र छेवेटारका संक्रमितलाई आज आइशोलेसनमा लगिँदै

आईतवार कोरोना संक्रमण पुष्टि भएका गोरखा नगरपालिका १३ मझुवाका १० जना र वडा नम्बर १० छेवेटारका १ जनालाई अहिले आइशोलेसनमा लगिँदै छ ।

अवेर गरी रिपोर्ट प्राप्त भएकाले उनीहरुलाई आज बिहान लैजाने तयारी भएको र घरमा एक्लै सुरक्षित बस्न आइतवार नै जानकारी गराइएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

गोरखा अस्पतालले संचालन गरेको गोरखा क्याम्पस आइशोलेसनमा राखेर उनीहरुको उपचार गरिनेछ । उनीहरुलाई आइशोलेसनमा ल्याएसँगै नजिकको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ पनि आजै बाट सुरु हुने नगरपालिकाले जनाएको छ ।

वडा नम्बर ८ का एक पुरुषलाई भने आईतवार नै आइशोलेसन पठाइएको नगरपालिकाले जनाएको छ ।
आईतवार अहिले सम्मकै धेरै नगरपालिका भित्रका तीन महिला सहित ९ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्