| आइतवार, कार्तिक २२, २०८३

चितवनमा कोरोनाबाट आज पनि एक जनाको मृत्यू, ५ जनाको भेन्टिलेटरमा उपचार हुँदै

चितवनको चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु  भएको हो ।

उनी निमोनियाका बिरामी थिए । भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालमा अहिले ५ जना कोरोना स‌ंक्रमित भेन्टिलेटरमा उपचाररत छन् । चितवनमा मृत्यु  हुने कोरोना संक्रमितको संख्या योसहित ११ पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलाली र बारा निजगढका एक/ एक जना छन् ।

प्रतिक्रिया दिनुहोस्