| आइतवार, कार्तिक २२, २०८३

छिमेकी गाउँमा कोरोना संक्रमित बढेपछि आउजाउ रोक्न पुलमा प्रहरी र स्थानीयको ड्युटी

दराैँदी समाचारदाताः छिमेकी गाउँमा कोरोना संक्रमित बढेपछि गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ घाटबेसीका स्थानीयले प्रहरी सँग मिलेर निग्रानी बढाएका छन् ।

सँगै जोडिएको धादीङको त्रिपुरा सुन्दरी गाउँपालिका सल्यान्टारमा संक्रमण देखिएपछि दुई गाउँ जोडिने झोलुङ्गे पुलमा प्रहरी र स्थानीयले ड्यूटी सुरु गरेका भिमसेन थापा गाउँकार्यपालिका सदस्य सरिता भट्टले बताईन ।उक्त पुल भएर ओहोरदोहोर धेरै हुने भएकाले प्रहरी परिचालन गरिएको हो ।

दुई जना प्रहरी र दुई जना स्थानीय युवा दिनभर पुलमा ड्युटी बस्न थालेका छन् । स्थानीयले भने आलोपाले गर्ने योजना बनाएका छन् । सल्यान्टारका कतिपय मानिसको खेतीपाती र गोठ घाटबेसी तर्फ रहेकाले उनीहरुलाई भने सुरक्षित भएर आउजाउ गर्न अनुरोध गरिएको भट्टले बताईन । अनावश्यक आउजाउ गर्नेलाई प्रहरीले फिर्ता पठाउने गरेको पुलमा खटिएका स्थानीय ज्वलन्त खनालले बताए । शनिवार मात्रै त्रिपुरासुन्दरी गाउँपालिकामा ८ जना कोरोना संक्रमित भेटिएका थिए ।

जोखिम धेरै भएको त्रिपुरा सुन्दरी गाउँपालिकामा मानिसको आउजाउ धेरैहुने गरेको, सल्यान्टारको बुट्टार क्षेत्रबाट अहिले पनि अवैध बालुवा उत्खनन भईरहेको, बालुवा चोरी निकासी गर्न धेरै सवारी साधन, चालक, सह चालक आउने गरेको, उनीहरु अनावस्यक पुलबाट पैदल हिँडेर गोरखा तर्फ आउने गरेको गुनासो स्थानीयको छ ।

आरुघाट, बुङ्कोटघाटमा प्रहरी चौकी रहेकाले सुरक्षकर्मीको आँखा छल्न बिचमा रहेका झोलुङ्गे पुल प्रयोग गरेर मानिस आउने/जाने क्रम नरोकिएपछि वडा, गाउँपालिका र प्रहरीलाई निग्रानी बढाउन आग्रह गरिएको स्थानीय कुलानन्द ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्