
सिरानचोकबाट सालको १२ गोलिया सहित ट्याक्टर नियन्त्रणमा
गोरखाको सिरानचोक गाउँपालिका ६ खहरे बाट शुक्रवार प्रहरी र बन कार्यालयको टोलीले सालको काठ सहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
१२ थान सालको गोलिया काठ बोकेर नयाँ साँघु तर्फ जाँदै गरेको लु ३ त ३८५१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ट्याक्टरमा रहेको काठ, सवारी साधन र चालक २० वर्षिय सुनिल नेपाली बन डिभिजन कार्यालयको नियन्त्रणमा रहेका छन् ।
घटनाको थप अनुसन्धान भईरहेको बन कार्यालयका सहायक बन अधिकृत महेश पौडेलले बताए ।




