
चितवनमा कोरोना पुष्टि भएका २ जना गोरखा नगरपालिका १३ देउरालीका
भरतपुर अस्पतालमा कोरोना पुष्टि भएका दुई जना महिला गोरखा नगरपालिका वडा नम्बर १३ देउरालीको रहेको पुष्टि भएको छ ।
३६ र ३३ वर्षका दुई जना महिलालाई कोरोना पोजेटिभ देखिएपछि अहिले आइशोलेसनमा ल्याउन तयारी भईरहेको वडा अध्यक्ष हरि खनालले बताए ।
उनीहरुले शनिवार कोरोनाका कारण भरतपुर अस्पतालमा मृत्यू भएका पुरुषको आफन्त हुन् ।
चितवनबाट शनिवार घर फर्किएको र उनीहरलाई गोरखा क्याम्पसको आइशोलेसनमा राखेर उपचार गरिने वडा अध्यक्ष खनालले बताए । यो सँगै गोरखा क्याम्पसको आइशोलेसनमा संक्रमित चार जना पुग्ने भएका छन् ।
उनीहरुमा खासै लक्षण देखिएको छैन ।




