| आइतवार, कार्तिक २२, २०८३

भिमकुल सहकारीले २६ औं स्थापना दिवस मनायो

गोरखाको भीमसेनथापा गाउँपालिका ७ बोर्लाङ को भिमकुल बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमका बीच २६ औं स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा सहभागी सदस्यहरुलाई संस्थागत जानकारी,शुभकामना आदानप्रदान तथा छलफल एबं अन्तरक्रियाका साथ कार्यक्रम गरिएको सहकारीका सचिव भुमि गोतामेले जानकारी दिए ।

कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष घनश्याम श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्ष नारायण श्रेष्ठ, संस्थाका प्रमुख सल्लाहकार चित्रकुमार श्रेष्ठले शुभकामना ब्यक्त गरेका थिए ।

उक्त अबसरमा शेयर सदस्य बुद्धि श्रेष्ठ,लेखा समिति संयोजक नरेश श्रेष्ठ,पूर्व अध्यक्ष एबं सल्लाहकार कृष्णप्रसाद गोतामे, कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठ लगायतले धारणा राखेका सचिव भुमि गोतामेले जानकारी दिए ।

कार्यक्रममा संस्था स्थापनादेखि हालसम्मको गतिविधि समेटिएको बृत्तचित्र प्रस्तुत गरिएको थियोे । संस्थाका लेखा तथा प्रशासन विभागका प्रमुख कुमार श्रेष्ठबाट संस्थाको अर्थिक गतिविधि बारे स्पष्ट पारिएको थियो ।

संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठले कोभिड १९ अघि र पछिको संस्थाको गतिविधि र बर्तमान अवस्था बारे जानकारी गराएका थिए ।
गत बर्ष प्रोबेसन सफल ब्रान्ड प्राप्त गरेको र यस बर्ष गण्डकी प्रदेशको उत्कृष्ट सहकारीको उपाधी प्राप्त गरेकोमा आगामी दिनमा अझ उत्कृष्ट बन्नुपर्ने धारणा बोल्नेहरुले राखेका थिए ।

कार्यक्रममा संचालक समिति,लेखा समिति, सल्लाहकार,बचत सङ्कलन केन्द्र अश्राङ्क समिति, संस्था मा कार्यरत कर्मचारी तथा केही संस्थापक सदस्य र उपसमितिका उपलब्ध सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्