| आइतवार, कार्तिक २२, २०८३

कोरोनाका कारण गोरखाका १ सहित चितवनमा आज मात्रै ३ जनाको मृत्यू

गोरखा नगरपालिका १३ का ३८ वर्षिय एक पुरुष सहित चितवनमा आज मात्रै तीन जनाको मृत्यू भएको छ ।

मृत्यू हुने अन्य दुई जनामा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौडा उपमहानगरपालिका–१९ का ७१ वर्षीया महिला रहेका छन् ।
चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको बिहान ७ बजे मृत्यु भएको हो।

भरतपुर महानगरपालिका–२ का ५१ वर्षीय पुरुषको विहान १० बजे मृत्यु भएको अस्पतालका फिजिसियन तथा कोभिड–१९ फोकल पर्सन डा. सन्दिप पाण्डेले जानकारी दिए।

चितवनमा कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ। चितवन जिल्लाभरका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एकरएक जनाको मृत्यु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्