| आइतवार, कार्तिक २२, २०८३

कोरोनाबाट गोरखाका थप एकजनाको मृत्यू

 

गोरखामा एकजना कोरोना संक्रमितको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. १३ रामशाह टोलका ३८ बर्षका एक पुरुषको मृत्यू भएको नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए ।

चितवनको भरतपुर अस्पतालमा उपचाररत उनको शुक्रबार दिउसो मृत्यू भएको उनले बताए ।

उच्च ज्वारो आएपछि आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचारका लागि गएका उनी थप उपचारका लागि भरतपुर अस्पताल गएका थिए । अस्पतालले मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो ।

उनी शहीद लखन गाउँपालिकाको नयाँपुलमा रेष्टुरेण्ट सञ्चाल गर्थे ।

योसंगै गोरखामा कोरोनाका कारण मृत्यू हुनेको संख्या दुई पुगेको छ । यसअघि पालुङटार नगरपालिका ७ का एक पुरुषको पनि गत असार १९ गते कोरोनाका कारण मृत्यू भएको थियो ।

फाइल तस्वीर

 

प्रतिक्रिया दिनुहोस्