
गोरखा छेवेटारकी गर्भवती महिलामा कोरोना संक्रमण
गोरखा नगरपालिका वडा नम्बर १० छेवेटारकी गर्भवती महिलामा कोरोना पोजेटिभ देखिएको छ । सुत्केरी हुन भरतपुर अस्पताल पुगेकी महिलालाई कोरोना पोजेटिभ देखिएको जानकारी आएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
भदौ ८ गते गोरखादेखि चितवन गएकी २९ वर्षिय महिलाको शुक्रवार भदौ १२ गतेका लागि चिकित्सकले सुत्केरी हुने मिति दिएका छन् ।
सहज रुपमा सुत्केरी सेवा लिन चितवन पुगेकी महिलालाई चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएपछि उनको घर गोरखा नगरपालिका १० छेवेटार आसपास शुक्रवार कन्ट्याक्ट ट्रेसिङ गर्ने नगर प्रमुख राजनराज पन्तले बताए ।




