| सोमवार, कार्तिक २३, २०८३

जिविस हुँदा फुलवारी, जिसस हुँदा झारपातको घारी

यो जिल्ला समन्वय समितिको कार्यालय गोरखा अघिको फुलवारी हो । जिल्ला बिकास समिति हुँदा पाँच लाख रुपैयाँ बजेट खर्चेर २०७३ मा फुलवारी निर्माण गरेको थियो । तर अहिले जिल्ला समन्वय समिति हुँदा पहिलेको फुलवारी झारपातको घारी भएको छ ।

फुल भन्दा अन्य घाँस धेरै उम्रिएको छ । जिल्ला बिकास समिति रहँदा फुलवारी रेखदेख गर्ने, गोडमेल गर्ने, पानी हाल्ने माली समेत करारमा राखिएको थियो । तर अहिले स्याहार गर्ने कोही छैन ।

फुलवारीमा फुल भेट्नै मुस्किल पर्छ । यसको संरक्षण गर्ने बजेट र जनशक्ति नहुँदा समस्या भएको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धिताल बताउँछन् ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी, कोष तथा लेखा नियन्त्रण कार्यालय, पुन निर्माण लगायतका कार्यालयबाट प्रष्टै देखिने फुलवारी कुरुप बनेपछि सर्वसाधारणले संरक्षण हुन नसकेको प्रति चिन्ता ब्यक्त गर्छन ।

प्रतिक्रिया दिनुहोस्