| आइतवार, कार्तिक २२, २०८३

भारतमा कोरोनाबाट ६० हजारको मृत्यू, ३३ लाख भन्दाबढि संक्रमित

आज सम्म छिमेकी देश भारतमा कोरोना संक्रमणबाट ६० हजार ४७२ जनाको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २३ जनाको मृत्यु भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७६० नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९९१ संक्रमित निको हुन बाँकी छन् ।

भारत संक्रमित संख्याको आधारमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने तेस्रो मुलुक हो । सबैभन्दा बढी प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ । मृत्यु हुनेको संख्याको आधारमा भने भारत चौथो स्थानमा छ ।

कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा धेरैको मृत्यु भएको छ भने दोस्रो स्थानमा ब्राजिल छ । तेस्रोमा मेक्सिको छ ।

प्रतिक्रिया दिनुहोस्