| आइतवार, कार्तिक २२, २०८३

डिपिआर गरेको दुईबर्षसम्म पनि पुल बन्ने छाँटकाँट छैन

बारपाक सुलीकोट गाउँपालिका ७ बाहुनबेशी र आरुघाट गाउँपालिकाको लाँकुरे जोड्ने मोटरेबल पुल बनाउन दुईबर्षअघि डिपिआर गरे पनि अहिलेसम्म ठेक्का प्रक्रिया सुरु भएको छैन ।
गण्डकी प्रदेशको पूर्वाधार कार्यालयले २०७५ सालको जेठ असारमा डिपिआर गरेको सो ठाउँमा अहिलेसम्म पुल निर्माणको काम सुरु नभएको स्थानीय दीर्घमान गुरुङले जानकारी दिए ।
‘२०७५ सालको जेठ २० गतेदेखि असार चार गतेसम्म लगाएर जेएनआर–क्ले–सिईसी जेभी कम्पनीले डिपिआर गरेको हो’, गुरुङ भन्छन्, ‘अब २०७६ को साउनमा सो ठाउँमा २५ मिटर पुल बनाउन बजेट आउने र कार्यक्रम अघि बढ्ने भनिएको थियो तर दुई बर्ष भइसक्यो अहिलेसम्म बजेट कार्यक्रम नै आएन ।’

कार्यालयमा सम्पन्न गर्दा कार्यक्रम आउँछ आउँछ मात्र भनेर टार्ने गरिएको उनले गुनासो गरे ।
बारपाक सुलीकोट ७ पाँचखुवादेउरालीदेखि बाहुनबेशी, लाँकुरे, चुरुङ हुदै आरुघाट पुग्ने सडकको बाहुनबेशी र लाँकुरे जोड्ने गरी स्थुलखोलामा पुल निर्माण गर्न सर्भे गरिएको उनले बताए ।

सो ठाउँमा पुल बनेपछि आरुघाट डुबान भइसकेपछिको अबस्थामा बैकल्पिक सडक हुनसक्ने स्थानीयको अनुमान छ ।
आरुघाट गाउँपालिकाको पनि छेउमा र बारपाक सुलीकोट गाउँपालिकाको पनि छेउमा भएकाले सबैतिरबाट उपेक्षामा परेको स्थानीयबासीको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्