| आइतवार, कार्तिक २२, २०८३

गोरखामा ५२० जनाको पिसिआर रिपोर्ट आउन बाँकी

अहिले सम्म जिल्लाभर पाँच सय २० जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।
गोरखामा बुधवार एकै दिन दुई सय ३५ जनाको पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको छ ।

यी मध्ये एक सय ९१ जना गोरखा नगरपालिका भित्रका छन् ।

चितवनमा उपचार गराउन गएका वडा नम्बर १३ का दुई जनालाई कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएको नगरपालिकाका स्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।

पछिल्लो समय स्वास्थ्य कार्यालय, स्थानीय तह र प्रशासनको सहयोगमा गोरखामा पिसिआर जाँचलाई तिब्रता दिइएको छ । मंगलवार एक सय ३८ जनाको स्वाब संकलन गरिएको थियो ।

अहिले सम्म चार हजार पाँच सय ८० जनाको पिसिआर जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्