
घैरुङ स्वास्थ्य चौकीमा २१ जना गर्भवतीको निशुल्क भिडियो एक्सरे
शहिदलखन गाउँपालिका वडा नम्बर ६ घैरुङ स्वास्थ्य चौकीमा बुधवार २१ जना गर्भवती महिलाको भिडियो एक्सरे गरिएको छ ।
गाउँपालिकाले हरेक वडा–वडाको स्वास्थ्य चौकीमा पुगेर निशुल्क भिडियो एक्सरे सेवा दिने अभियान सुरु गरेसँगै घैरुङमा सेवा दिइएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।
‘यो सेवा लिन गर्भवती महिलाहरु गोरखा सदरमुकाम कि चितवन जाने गर्थे’ उनले भने ‘पैसा पनि खर्च भएन घर, गाउँमै सेवा पाएपछि गर्भवती महिलाहरु खुसी भएका छन् ।’
बिहिवार उक्त सेवा नाम्जुङ स्वास्थ्य चौकीमा हुने गाउँपालिको जनाएको छ ।
गर्भवतीलाई निशुल्क एक्सरे सेवा दिन गाउँपालिकाले भिडियो एक्सरे मेसिन खरिद गरेको छ भने तालिम प्राप्त नर्सिङ स्टाफ समेत राखेको छ ।




