| सोमवार, कार्तिक २३, २०८३

कुटपिट भएको घटनाप्रति दलित विद्यार्थी संघको ध्यानाकर्षण

नेपाल दलित विद्यार्थी संघ गोरखाले झापाको मेचिनगरमा भएको कुटपिटको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका जिल्ला अध्यक्ष रचन परियारले बुधवार गोरखाका प्रमुख जिल्ला अधिकरी तिर्थराज भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै सोमवार झापाको मेचिनगरका राजन दर्जी र गर्भवती चन्द्रकला मामगादे माथि भएको कुटपिट प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

कुटपिट गरेर दुर्ग श्रेष्ठ र बिष्णु श्रेष्ठले जघन्य अपराध गरेको भन्दै संघले कानुनी कारवाहीको माग गरेको छ ।

नेपाल दलित विद्यार्थी संघ गोरखाले उक्त घटनाको छानबिन गरी दोषि माथि कडा कारवाही गर्न प्रधानमन्त्री कर्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएको अध्यक्ष परियारले बताए ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पनि संघले सरकार समक्ष माग गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्