
नेपालमा कोरोनाबाट करिब दुई घण्टामा एक जनाको मृत्यू
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमा ११ जनाको मृत्यू भएको छ । करिब दुई घण्टामा एक जनाको मृत्यू भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार देशभर कोरोनाका ८ सय ८५ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ।
विगत २४ घण्टामा ३ सय ८५ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए।
आज मात्रै १३ हजार २ सय ५३ जनाको पिसिआर गरिएको छ।




