| आइतवार, कार्तिक २२, २०८३

पिसिआर परीक्षणका लागि गोरखामा आज एक सय ३८ जनाको स्वाब संकलन

गोरखामा मंगलवार एकै दिन एक सय ३८ जनाको स्वाब संकलन गरिएको छ । मसला ब्यवशायी, सौन्दर्य कला ब्यवशायी, कर्मचारी लगायतको स्वाब संकलन गरिएको थियो ।

मंगलवार बिहान सम्म संकलन भएको स्वाब परीक्षणका लागि प्रदेश प्रयोगशाला पोखरा पठाइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायणबाबु अर्यालले बताए ।

एक हप्ताको लकडाउन अवधीमा पिसिआर परीक्षण बढाउने सिसिएमसीको निर्णय अनुसार स्वाब संकलनलाई तिब्रता दिइएको छ । गोरखामा संक्रिया संक्रमित मंगलवार सम्म दुई जना छन् ।

उनीहरुको गोरखा क्याम्पसको आइशोलेशनमा उपचार भईरहेको छ ।
मंगलवार २७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दुई सय ८६ जनाको रिपोर्ट प्राप्त हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्