
गोरखामा पिसिआर गरिएका ३ प्रतिशतलाई कोरोना पोजेटिभ
गोरखामा हालसम्म तीन हजार सात सय ९५ जनाको पिसिआर परिक्षण गरिएको छ । यी मध्ये ८९ जनाको रिपोर्ट आउन बाँकी छ भने एक सय २१ जनालाई संक्रमण पुष्टि भएको छ ।
अहिले सम्म संक्रमण पुष्टि भएको तथ्याङ्कलाई आधार मान्दा पिसिआर गरिएको मध्ये तीन प्रतिशतलाई कोरोना पोजेटिभ देखिएको छ ।
पछिल्लो समय पिसिआर परीक्षण कम हुन थालेको छ भने स्वाब संकलन गरेर परीक्षण भएकाहरुको रिपोर्ट नगेटिभ आएपछि समुदायमा कोरोनाको त्रास भने गोरखामा घटेको छ ।
अहिले गोरखा अस्पतालले संचालन गरेको गोरखा क्याम्पस आइशोलेशनमा दुई जना मात्रै संक्रमित छन् । एक जनाको मृत्यू भएको थियो भने एक सय १८ जना निको भएर घर फर्किसकेका छन् ।




