
गोरखा बाहिर गएर फर्केका पनि क्वारेन्टिन बस्नुपर्ने
गोरखा नजिकको छिमेकी जिल्ला तनहुँ देखि ठुला शहर काठमाण्डौँ, पोखरा, चितवन लगायत ठाउँमा कोभिड १९ को संक्रमित धेरै देखिएपछि गोरखा बाहिर गएर फर्केकाहरु क्वारेन्टिन बस्नुपर्ने भएको छ ।
सिसिएमसी गोरखाको आईतवारको बैठकले कोरोनाको जोखिम सबैलाई हुने भएकाले जिल्ला बाहिर गएका कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी, राजनीतिकर्मी, बिरामी कुरुवा, उपचार गराएर फर्किएका सबै होम क्वारेन्टिनमा बस्नुपर्ने निश्कर्ष निकालेको हो ।
संक्रमण बढी देखिएको ठाउँमा गएर फर्केका जो कोहीबाट कोरोनाको संक्रमण समुदायमा फैलन सक्ने भएकाले होम क्वारेन्टिन र संभव नभए मास क्वारेन्टिनमा बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।
बैठकले संभावित जोखिममा रहेकाहरुको पिसिआर परीक्षणलाई तिब्रता दिने निर्णय गरेको छ ।




