| आइतवार, कार्तिक २२, २०८३

गोरखामा निषेधाज्ञा थपिने संकेत, अहिले बैठक बस्दै

जिल्ला स्तरीय कमाण्ड पोष्ट तथा कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक अहिले बस्दैछ । जिल्ला प्रशासन कार्यालयमा आज दिउँसो १ बजे बैठक बोलाइएको र बैठकले भोलीदेखि निषेधाज्ञा कसरी गर्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।

‘गोरखा जिल्ला भित्रै धेरै संक्रमण देखिएको छैन, तर तत्काल पुरै खुल्ला गर्दा आउजाउ बढ्ने भएकाले संक्रमणको जोखिम हुन सक्छ’ प्रजिअ भट्टराईले भने । उनका अनुसार भोलीदेखि नै निषेधाज्ञा पुरै खुल्ने संभाबना भने छैन ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले बजार, सार्वजनीक सवारी, बैंक खुलेपछि सर्वसाधारणको चाप अत्याधिक हुने भएकाले केही दिन निषेधाज्ञा पछि जिल्ला भित्र खुल्ला गर्दा बेस हुने बताए । ‘जिल्ला भित्र कोरोनाको जोखिम कम देखिएको छ तर अहिल्यै हतार गरेर खोल्दा अवस्था खतरा तर्फ उन्मुख हुन सक्छ’ नगरप्रमुख पन्तले भने  ।’

बैंक तथा बित्तिय संस्था, नीजि आबास पुन निर्माण लगायत बन्द हुँदा भने असहज भएको गुनासो सर्वसाधारणको छ ।

प्रतिक्रिया दिनुहोस्