
आधरभुत विद्यालयको पाठ्यक्रम सम्बन्धी तीनदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
एमएमआरटीले आधारभूत तहको पाठ्यक्रमको बारेमा अभिमुखी करण कार्यक्रम सञ्चालन गरेको छ । कक्षा एकदेखि कक्षा तीनसम्मको पाठ्यक्रमको बारेमा गत भदौ एकदेखि तीनगतेसम्म अभिमुखीकरण कार्यक्रम गरेको हो । ‘गुगलमीट’ प्रविधिमार्फत पहिलो पटक पाठ्यक्रमको बारेमा अभिमुखीकरण कार्यक्रम गरिएको एमएमआरटीका मीनबहादुर नेपालीले जानकारी दिए ।
एमएमआरटीको आर्थिक तथा प्राविधिक सहयोगमा महेन्द्र माविले कार्यक्रमको आयोजना गरेको हो । त्यहाँका सहायक प्रधानाध्यापक मीनबहादुर नेपालीले कार्यक्रमको संयोजन गरेका थिए ।
तीनदिने गुगलमीट अभिमुखीकरणमा पाठ्यक्रम अधिकृतहरु खिलनारायण श्रेष्ठ, समना सिलवाल, पुरुषोत्तम घिमिरे र जगनाथ अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रममा एमएमआरटी अन्तर्गतका ७५ जना शिक्षकहरु सहभागी थिए ।
उद्घाटन र समापन दुवै सत्रको सभापतित्व मनकामना बहिरा माविका प्रअ अनील अम्गाईले गरेका थिए भने उद्घाटन सत्रका प्रमुख अतिथि नगर शिक्षा समितिका प्रमुख बाबुराम बराल थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेल, नगर शिक्षा शाखा प्रमुख बाबुराम बराल, गोरखा नगरपालिकाका स्रोत शिक्षक ध्रवराज अर्याल, महेन्द्र माविका प्रअ गोपालबाबु मरहट्टा, महालक्ष्मी माविका प्रअ चुडामणि काप्री, तारा माविका प्रअ बाबुराम बिक, रत्नराज्य माविका प्रअ तेजबहदुवर नेपाली लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।




