
पालुङटारमा एक जना थपिएसँगै गोरखामा कोरोना संक्रमित १२० पुगे
गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ४ का ५० वर्षिय एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ ।
यस सँगै गोरखामा कोरोना पोजेटिभ हुनेको संख्या एक सय २० पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये एक सय १७ जना निको भएर घर फर्किएका छन् भने दुई जना उपचाररत छन् । एक जनाको उपचारको क्रममा मृत्यू भएको थियो ।
पालुङटारमा आज संक्रमण पुष्टि भएका पुरुष भने केही दिन अघि सोही ठाउँकी महिलालाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएका ब्यक्ति हुन् ।
साउन ३२ गते स्वाब संकलन गरिएका ४१ जना मध्ये ४० जनाको रिपोर्ट भने आउन बाँकी रहेको पालुङटार नगरपालिकाले जनाएको छ ।




