
हरमटारीबाट पिसिआर लिएका सबैकाे रिपाेर्ट नेगेटिभ
बिहिबार गोरखा बजारकाे रंगशाला आसपासकी एक महिलामा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सो संगै शुक्रबार उनको परिवार र आसपासका अन्य छिमेकी गरी २५ जनाको स्वाव संकलन गरी काेराेना परिक्षणका लागि पठाइएको थियो । जसमा मंगलबार २५ जनाकै रिपोर्ट नेगेटिभ आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक निश्चल अर्यालले बताए ।




