
लक्ष्मीबजार कन्ट्याक्ट ट्रेसिङको सबै रिपोर्ट नेगेटिभ
दरौँदी समाचारदाताः गोरखामा सोमबार एकैदिन ७९ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । लक्ष्मी बजारको संक्रमितको नजिकको सम्पर्क भएकाहरु ३७ जना र विद्युत प्राधिकरणका कर्मचारीहरु ४२ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
‘लक्ष्मीबजारका पोजेटिभ केस देखिएकाको कन्ट्याक टे्रसिङमा परेका ३७ जनाको रिपोर्ट नेगेटिभ आयो’, कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले भने, ‘त्यस्तै फ्रन्ट लाइनमा खट्ने विद्युत प्राधिकरणका प्राविधिक कर्मचारीहरुको पनि पिसिआर संकलन गरी पठाइएको थियो । उनीहरु सबैको पनि नेगेटिभ नै आयो ।’




