
तीन करोड ६६ लाखमा बनेको नयाँ सरकारी भबन ८ महिनादेखि खाली
गोरखा नगरपालिका वडा नम्बर ९ नाम्जालीडाँडामा ८ महिना अघि निर्माण सम्पन्न भएको सरकारी भबन प्रयोग बिहिन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भबनले जिल्लाबाट खारेज भएको भु–संरक्षण कार्यालयको नाममा भबन बनाएको थियो ।
भु–संरक्षण कार्यालयको नाममा रहेको १० रोपनी जग्गामा तीन तले सुविधा सम्पन्न भुकम्प प्रतिरोधी भबन रबिना/डाँफे/ड्रयागन जेभीले निर्माण गरेको हो ।
तनहुँ स्थित जलाधार ब्यवस्थापन कार्यालयले उक्त भबन सम्पर्क कार्यालयको रुपमा आफैँले प्रयोग गर्ने बताएपनि अन्यौलका बिच कार्यालय सुरु भने भएको छैन । निर्माण सम्पन्न भएको आठ महिना सम्म भबन हस्तान्तरण नहुँदा प्रयोग बिहिन छ ।
सुरक्षाकर्मीको क्वारेन्टिन बनाउने निर्णय
प्रयोग बिहिन उक्त भबनमा जिल्ला स्तरीय कमाण्ड पोष्टको आईतवारको बैठकले सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएमा र कन्ट्याक्ट टे«ेसिङ गर्नुपरेमा क्वारेन्टिनमा राख्न प्रयोग गर्ने निर्णय गरेको छ । शसस्त्र र नेपाल प्रहरीलाई क्वरोन्टिन राख्न उक्त भबन प्रयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।




