
आजदेखि पेट्रोल, डिजेल र मट्टितेलमा एक/एक रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा आज देखि लागु हुने गरी एक/एक रुपैयाँ बढाएको छ ।
पेट्रोलको मूल्य एक सय पाँच पुगेको छ भने डिजेल, मट्टितेलको मूल्य ९१ पुगेको निगमले जनाएको छ ।
खाना पकाउने ग्याँस र हवाई इन्धनको भने मूल्य फेरबदल भएको छैन ।
सवारी साधन नचलेका बेला इन्धनको मूल्य बढाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले बिरोध जनाएका छन् ।




