
कोरोना परीक्षणका लागि ५१ जना यातायात मजदुरहरुको स्वाब संकलन
कोरोना परीक्षणका लागि यातायात मजदुरहरुको स्वाब संकलन गरिएको छ ।
मजदुरहरुले यातायात क्षेत्रको मजदुर सर्वसाधारण सँग धेरै घुलमिल हुने भएकाले कोभिड १९ को परीक्षण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सँग माग गरेका थिए ।
आईतवार गोरखा जिल्ला भित्र सवारी चलाउने चालक र सह चालक गरी ५१ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यी बाहेक बैंक तथा बित्तिय संस्थाका कर्मचारी, जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवा लगायत गरी ३० जना सहित ८१ जनाको स्वाब संकलन गरिएको हो ।
संकलन गरिएको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइनेछ ।




