| आइतवार, कार्तिक २२, २०८३

गोरखा सदरमुकामका मसला ब्यवशायी संगठित, कार्यालय स्थापना

गोरखा सदरमुकाममा मसला ब्यापार गर्दै आएका ब्यवशायी संगठित भएका छन् । अरबिन्द गुप्ता अध्यक्ष रहने गरी समिति गठन भएको हो ।

मसला तथा किराना व्यवसायी संघले शनिवार कार्यालय स्थापना गरेको छ । गोरखा नगरपालिका ६ स्थिती गोरखा क्याम्पस जानेबाटोमा खोलिएको कार्यालयको एक कार्यक्रमका वीच गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाइचन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् ।

पेशागत हक हितका बहस पैरबी गर्ने, गुणस्तरिय सेवा प्रदान गर्ने लगायतका उदेश्यले सहित संघ गठन गरिएको अध्यक्ष अरबिन्द गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्