
सामागाउँमा ३० हजार विरुवा रोपियो
चुमनुब्री गाउँपालिका १ सामागाउँमा वृक्षारोपण गरिएको छ । स्थानीयस्तरको मिड फाउण्डेशनले सामागाउँमा १६ हजार थान विरुवा रोपेको हो ।
पिक एड जापान तथा एमआरटिएफएनको सहयोगमा वृक्षरोपण गरिएको चुमनुब्री गाउँपालिका १ का वडा सदस्य मिङमार लामाले जानकारी दिए ।
स्थानीय जातको धुपी, सल्ला लगायतका विरुवा रोपिएको उनले बताए । सामागाउँ आसपासका सार्वजनिक जग्गाहरुमा विरुवा रोपिएको उनले बताए ।
बिभिन्न समयमा गरी अहिलेसम्म ३० हजार विरुवा रोपिसकिएको सो वडाका वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।
तस्वीर : वीरबहादुर लामाको फेसबुकबाट




