| आइतवार, कार्तिक २२, २०८३

हरमटारी क्षेत्रबाट २५ जनाको स्वाब संकलन

गोरखा नगरपालिका ६ हरमटारीकि ४७ वर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि उनको नजिक सम्पर्कमा रहेका २५ जनाको पिसिरआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

महिलाको घर परिवार, घरमा बस्ने, छिमेकी लगायतको स्वाब संकलन गरिएको गोरखा नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । ती महिलालाई शुक्रवार साँझ कोरोना पुष्टि भएको रिपोर्ट आएको थियो ।

गोरखा नगरपालिका ९ कि एक महिलालाई कोरोना देखिएपछि गोनपा ६ कि ति महिलाको कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो । संक्रमित महिलालाई शनिवार बिहान गोरखा क्याम्पसको आइशोलेसनमा राखेर उपचार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्