| बिहिबार, साउन १३, २०८३

बडापत्र राखिएको कि फालिएको !

यो घरेलु तथा साना उद्योग कार्यालय गोरखामा रहेको बडापत्र हो । कार्यालयले राखेको यो बडापत्र सेवाग्राहीका लागि हुनुपर्छ । तर यो राखिएको हो वा मिल्काइएको यकिन गर्न सकिन्न । वडापत्र च्यातिएको छ भने कार्यालयको एउटा कुनामा राखिएको छ ।

सेवाग्राहीले बडापत्र हेरेर सेवा लिन सहज छैन ।
बडापत्र हरेक सरकारी तथा सेवा प्रदायक कार्यालयले राख्नुपर्ने प्रावधान छ । बडापत्रमा कुन सेवा कति समयमा, के पक्रियामा सेवाग्राहीले पाउँछन् भन्ने प्रष्ट उल्लेख हुनुपर्छ ।

गोरखाका अधिकासं सरकारी कार्यालयले वडापत्र ब्यवस्थित गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्