| आइतवार, कार्तिक २२, २०८३

पालुङटारमा लकडाउन : अत्यावश्यक काममा हिड्नेलाई मास्क अनिवार्य, नलगाए २० रुपैयाँ जरिबाना

गोरखाको पालुङटार नगरपालिकाले भोली (आईतवार) देखि नगरपालिका क्षेत्र भित्र लकडाउन गरेको छ ।

वडा नम्बर ४ का एक ब्यक्ति बिरामी भएर चेकजाँचका लागि भरतपुर जाँदा अस्पतालले गरेको पिसिआर जाँचका क्रममा कोरोना पोजेटिभ देखिएपछि लकडाउन गरिएको हो ।

यस अघि कृषि बिकास बैंक पालुङटार शाखामा पोखराबाट पैसा पु¥याउन आएका बैङ्कका कर्मचारीमा पोखरामा पिसिआर जाँच जर्दा पोजेटिभ देखिएपछि समुदायमा कोरोना पुग्न सक्ने खतरा रहेको भन्दै नगरपालिकाले लकडाउन गरेको जनाएको छ ।

‘छिमेकी पालिका तनहुँको भानुमा धेरै जनामा कोरोना देखियो’ पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले भनिन् ‘नगरपालिका भित्रका एक र यहाँ आएर फर्केका एक जनामा पनि कोरोना देखिएपछि धेरै जनाको घुलमिल भएको हुन सक्ने भएकाले लकडाउन गर्ने निर्णय भएको हो ।’ नगरपालिकामा आज बैठक बसेर आइतवारदेखि लकडाउन गर्ने निर्णय गरिएको उनले बताईन ।

अत्यावश्यक जस्तै ः बिरामी, शव लिएर आउजाउ गर्ने साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेकलाई बिना काममा नहिड्न नगरपालिकाले आग्रह गरेको छ । ‘अत्याबश्यक काममा हिड्नेले पनि मास्क अनिवार्य लगाउनुपर्छ, मास्क नलगाउनेलाई २० रुपैयाँ जरिबाना गर्ने निर्णय गरेका छौँ’ उपप्रमुख बसेलले भनिन् । मास्क लगाए नलगाएको प्रहरीले अनुगमन गर्नेछ ।

यस्तै अत्याबश्यक काममा जानु परेमा पाँच जना भन्दा धेरै जान नपाउने, समुहमा हिड्ने, बस्ने मेलापात नगर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

चाडपर्व नजिकिँदै गरेकाले भिडभाड नगर्न, घर भित्रै परिवार मात्रै मनाउन, पुजापाठ पनि शक्तिपिठहरुमा भन्दा घरमै गर्न अनुरोध गरिएको उपप्रमुख बसेलले बताईन ।

प्रतिक्रिया दिनुहोस्