| आइतवार, कार्तिक २२, २०८३

नामार्जुङ हाइड्रोपावरमा गोरखा का इञ्जिनियर मृत भेटिए

दराैँदी समाचारदाताः कास्की मादी गाउँपालिका २ सेतीखोला स्थित नामार्जुङ हाइड्रोपावरमा कार्यरत सिभिल इन्जिनियर मृत फेला परेका छन् । गोरखा पालुङटार घर भएका ३६ वर्षीय अमित पन्तको शव त्यहीँको क्युरोखोलामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । बिहीबार राति पौने ९ बजे हाइडूोपावरको अफिसबाट खाजा खान भनी निस्किएका पन्तको शव शुक्रबार दिउँसो १२ बजे खोलामा भेटिएको हो ।

पन्तको शव ढुंगामा अड्किएको अवस्थामा थियो । घटनाबारे अनुसन्धान सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले बताए । ‘अनुसन्धानको लागि जिल्ला फरेन्सिक डाक्टरसहितको टोली घटनास्थलमा पुगेको छ,’ उनले भने । घटनाको अनुसन्धान चलि रहेको प्रहरी प्रवक्ता हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्