| आइतवार, कार्तिक २२, २०८३

गोरखा नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द

कोभिड १९ को संक्रमण बढेपछि आजदेखि गोरखा नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा प्रवाहमा प्रतिबन्ध गरेको छ । कार्यालय र वडाबाट पनि नियमित सेवा प्रभाव रोक्ने र अत्यावश्यक सेवा मात्र दिने सुचना जारी गर्दै नगरपालिकाले जानकारी गराएको छ ।
विद्यालय कलेज ट्यूसन सेन्टर, तालिम केन्द्र संचालन गर्न नपाउने, सबै प्रकारका तालिम, गोष्ठी, भेला सेमिनार संचालनमा पूर्ण रोक लगाइएको नगरप्रमुख राजनराज पन्तले बताए । ब्यूटि पार्लर जिमखाना, सामुयिक रुपमा खेलीने खेलकुद सबै रोक्न अनुरोध गरिएको छ ।
फुटपाथ, खुल्ला ठाउँमा बिक्री गरिएको तरकारी, ठेला ब्यापार गर्न नपाउने, कवाडी संकलन, घरघरै खुद्रा गरिने ब्यापार पनि तत्कालका लागि रोक्न गोरखा नगरपालिकाले अनुरोध गरेको छ । यस्ता गतिविधीले मानिसको भिडभाड बढ्ने, कोभिड १९ को जोखिम हुने निश्कर्ष सहित प्रतिबन्द गर्नु परेको नगरप्रमुख पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्