| आइतवार, कार्तिक २२, २०८३

लक्ष्मीबजारमा एक जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका ९ लक्ष्मीबजार क्षेत्रमा एक महिलालाई कोरोना देखिएपछि गरिएको कन्ट्रयाक्ट ट्रेसिङमा कोरोना पुष्टि हुनेको संख्या चार पुगेको छ ।

यस अघिएकै परिवारका तीन जनालाई कोरोना देखिएको थियो भने सोही परिवार भित्रका ३५ वर्षिय पुरुषको रिपोर्ट आज पोजेटिभ आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

अझै सात जनाको रिपोर्ट आउन बाँकी छ । लक्ष्मीबजारमा पहिलो चरणमा ५० र दोस्रो चरणमा ९८ जनाको कन्ट्रयाक्ट ट्रेसिङ मार्फत पिसिआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्