| सोमवार, कार्तिक २३, २०८३

केन्द्रिय अध्यक्षले पद लम्ब्याउन विधान संशोधन गर्न खोजेको शिक्षक महासंघ गोरखाको आरोप

दराैँदी समाचारदाताः केन्द्रिय अध्यक्ष बाबुराम थापाले कार्यकाल सकिईसक्दा आफ्नो पद जोगाउन बिधान संशोधन गर्न खोजेको आरोप नेपाल शिक्षक महासंघ  गोरखाले लगाएको छ । शिक्षक कर्मचारीले राजीनाम दिएमा वा स्वत अवकाश भई पेशामा नरहेमा नेपाल शिक्षक महासंघको सदस्यता अनिवार्य समाप्त भएको मानिनले बिधानमा उल्लेख छ । तर उक्त बैधानिक ब्यवस्थाको प्रतिकुल अबकाश प्राप्त निर्वतमान अध्यक्षले आफ्नो पदको निरन्तरताकालागि ब्यक्ति केन्द्रित उद्देश्यबाट प्रेरित भई महासंघको बिधान (दफा १६ ङ) अनुसार आवश्यकताका आधारमा विधान शंसोधन गर्ने निणर्य गरेको महासंघ गोरखाले जनाएको छ ।

उक्त बिवरण राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने भन्ने राष्ट्रिय परिषदको क्षेत्राधिकार रहेकोमा आवद्ध, संवद्ध संस्थाको पूणर् सहमती बिना बिनधान संशोधन गर्न लागिएकाले मान्य नहुने महासंघका गोरखा अध्यक्ष ध्रबकुमार भट्टले बताए । बिज्ञप्ती जारी गर्दै उनले केन्द्रिय अध्यक्षको नेतृत्वमा रहने लालचा लागि मात्रै विधान संशोधन गरिनु ब्यवाहारीक नभएको बताए ।

नेपाल शिक्षक महासंघ गोरखाका सचिव श्यामप्रसाद लामिछानेले समेत हस्ताक्षर रहेको बिज्ञप्तीमा विधान संम्मत नेतृत्व बिवादको समस्या समाधान गर्न अनुरोध  गरिएको छ । अध्यक्षको कार्यकाल सकिएकाले अध्यक्ष प्राप्त संस्थाले अर्को ब्यक्ति नपठाउँदा सम्म सह अध्यक्ष प्राप्त गरेको संस्थाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुपर्ने माग गरिएको छ । महासंघले यस्ता बिवादलाई तत्काल समाधान गरी शिक्षकहरुको मुद्धामा एकिकृत हुन पनि बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्