| सोमवार, कार्तिक २३, २०८३

गोरखा क्याम्पसका प्राध्यापकले लेखा शाखामा पनि ताला लगाए

गोरखा क्याम्पस प्रमुखको कार्यकक्षमा तालावन्दी गरेका आंशिक प्राध्यापकहरुले क्याम्पसको लेखा शाखामा ताला लगाएका छन् ।

आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै चरणवद्ध अन्दोलन गर्दै आएका आंशिक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले ताला लगाएका हुन् ।

समान कामको समान ज्याला हुन्ुपर्ने भन्दै उनीहरुले यसअघि क्याम्पसमा धर्ना कार्यक्रम समेत गरेका थिए । माग सुनुवाइ नभएपछि तालावन्दी गर्नुपरेको समितिकी उपाध्यक्ष मेनुका सुवेदीले बताईन ।

गोरखा क्याम्पसमा २३ जना आंशिक प्राध्यापक कार्यरत छन ।

प्रतिक्रिया दिनुहोस्