| आइतवार, कार्तिक २२, २०८३

सिडियो सहित कर्मचारीहरुको कोरोना जाँचका लागि स्वाब संकलन

गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई सहित सेवाग्राहीको चाप हुने सरकारी कार्यालयका प्रमुखहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

आईतवार जिल्ला प्रशासन कार्यालयमा स्वाब संकलन गरिएको हो ।

मानिसको आउजाउ धेरै हुने कार्यालयका प्रमुखहरुको प्रतिनिधि मुलक रुपमा परीक्षणका लागि स्वाब लिइएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए । बैंक, ब्यापारीक क्षेत्रका ब्यक्तिहरुको पनि स्वाब लिइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्